Sporty Magazine official website | Members area : Register | Sign in

श्रीशा कार्कीमाथि सिनेमा बन्दै

Saturday, March 3, 2012

Share this history on :







हिरोइनमाथि धमाधम सिनेमा बन्दैछन् नेपालमा । प्रिंयंका कार्कीले ‘हिरोनी’ र रोज राणाले ‘हिरोइन’ बनाउने घोषणा यसअघि नै गरेका हुन् । दिवंगत अभिनेत्री श्रीशा कार्कीमाथि निर्मात्री कृषा चौलागाईंले सिनेमा बनाउँदैछिन् । अनटाइटल प्रोजेक्टलाई अनुप सापकोटाले लेखिरहेका छन् । एक दशकअघि एक श्यामश्वेत अखबारमा नग्न तस्विर छापिएपछि श्रीशाले आत्महत्या गरेकी थिइन् । यही कथानकलाई पर्दामा चित्रण गर्न लागिएको हो ।

लेटेस्ट प्रोजेक्ट ‘के म तिम्रो साथी बन्न सक्छु’पछिको ओभरसिज रिलिजपछि श्रीशामाथिको सिनेमाको सुटिङ अघि बढ्ने कृषाले बताइन् । श्रीशाको भूमिकामा नाम उल्लेख नगरिएकी एक नयाँ मोडलले अभिनय गर्ने उनले जनाइन् । निर्देशकको नाम उल्लेख गरिएको छैन । दसवर्षअघि र दसवर्षपछिको समयान्तरलाई पर्दामा चित्रण गर्नुपर्ने भएकाले सिनेमाको लागत महंगो हुने चौलागाईँले जनाइन् । ‘श्रीशाको कुरा आउनेवित्तिकै पत्रकारसँग रिलेटेड फिल्म हो कि भन्ने सोचिन्छ, यो सरासर गलत हो’ उनले भनिन्, ‘एउटी हिरोइनले जीवनमा पाएको उपलब्धी र उतारचढाव कथा हुनेछ ।’

आफ्ना होमप्रोडक्स सिनेमा अब रियालिटी स्टोरीमा आधारित हुने पनि उनले बताइन् । ‘श्रीशामाथिको सिनेमा दुई पुस्ताको कथा हो’ भन्छिन्, ‘पुस्तान्तरलाई चित्रण गरिनेछ ।’ बलिउड सिनेमा ‘डर्टी पिक्चर’बाट प्रभावित नहुने पनि कृषाले दावी गरिन् । सिनेमा चाहिँ बायोपिक श्रेणीमा आधारित हुने बताइएको छ ।
Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...

0 comments:

Post a Comment