सिनेमा सायदले पहिलो साता अलकाठमाण्डू ४८ लाख ग्रस कलेक्सन गरेको छ । वितरक संस्था डीसीएनका अनुसार राजधानी सर्किटका १९ पर्दाबाट सिनेमाले उक्त आम्दानी गरेको हो । दुर्गिश फिल्मस निर्मित सिनेमा बैशाख २९ मा रिलिज भएको थियो । रिलिजलगत्तैको बन्दका कारण सिनेमाले अपेक्षाकृत ब्यापारभने गर्नसकेन । यद्यपी, उक्त कलेक्सन सन्तोषजनक हो ।
दोस्रोसाता प्रवेशमा पनि सिनेमाले कुनै होल्डओभर गुमाएन । १९ पर्दामै सिनेमाले निरन्तरता पाएको छ । क्यूएफएक्स, बिग सिनेमा, गोपिकृष्णसहितका मल्टिप्लेक्स र सिंगल स्क्रिनमा सिनेमा प्रदर्शन भैरहेको छ । डीसीएन वितरण प्रमुख दीपक दंगालले पहिलो साता सिनेमाको ब्यापार आंशिक रहेको बताए । उनका अनुसार दोस्रो साता थालनीको शुक्रबार बन्द परेपनि शनिबार अकुपेन्सी ७५ प्रतिशतभन्दा माथि छ । ३ हजारभन्दा बढी दर्शकले सिनेमा हेरिसकेको आँकडा क्यूएफएक्ससँग छ ।
सायदलाई फाइदा भनेको बन्द पूर्णरुपमा फिर्ता नलिएसम्म ठूला ब्यानरका कुनैपनि सिनेमा रिलिज नहुनु हो । बेफाइदा भनेको लगातारको बन्द हो । शुक्रबारदेखि रिलिज भएका साना ब्यानरको हाम्रो भूमिले सायदको बिजनेसमा प्रभाव पार्ने छैनन् । किनभने दुवै सिनेमाका दर्शकको रुचिविज्ञानमा भिन्नता छ ।

0 comments:
Post a Comment