Sporty Magazine official website | Members area : Register | Sign in

गल्छी तिर भिजिलान्ते

Tuesday, August 28, 2012

Share this history on :


लामो समयको कुराई पश्चात अन्तत: फिल्म भिजिलान्तेको सुटिङ शुरू गरिएको छ । नेपाली फिल्म इतिहासमा पहिलो पटक बन्न लागेको थ्रीडी फिल्म भिजिलान्तेको आज मंगलबार धादिङको गल्छीबाट सुटिङ शुरू गरिंदैछ ।

तीन दिनको सुटिङ सेडुल राखेर युनिट आज बिहानै गल्छी पुगेको हो । दीपेन्द्र के खनालले निर्माण तथा निर्देशन गर्न लागेको सो फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, मेनुका प्रधान र दीपशिखा शाहीको मुख्य भुमिका रहनेछ भने पहिलो थ्रीडी फिल्मका क्यामेरा म्यान पुरूषोत्तम प्रधान बन्दैछन् । धादिङको सुटिङ सकेर युनिट काठमाण्डौ फर्कने बताईएको छ ।

प्राबिधिक कारणले सुटिङ सर्दै आएको यो युनिटले काम भने छिट्टै नै सक्नुपर्नेछ । किनकी फिल्मका मुख्य पात्र प्रियंका कार्की यहि भाद्र २० गतेबाट शुरू हुने फिल्म 'कलिउड' मा व्यस्त हुनेछिन् भने सुवास थापा पनि भाद्र २२ बाट शुरू हुने फिल्म 'सरी ल' मा व्यस्त हुनेछन् । 'दुई चार दिन तलमाथी हुनसक्छ तर धेरै दिन टाईम लाग्यो भने गार्‍हो पर्छ', नायिका कार्कीले भनिन् । यता सुवासले पनि करिब एक हप्ता ढिला अर्को फिल्ममा ज्वाईन गर्दा फरक नपर्ने बताए । तर, भिजिलान्तेले धेरै समय लिएमा उनलाई पनि गार्‍हो पर्ने नै छ ।
 
करिब ७० लाखको बजेटमा नेपाली फिल्मका लागि ऐतिहासिक काम गर्न लागेका निर्देशक खनाल भन्छन्, 'यो एउटा इतिहास हो त्यसैले कुनै पनि कम्प्रमाईज नगरी फिल्म सक्नेछौं ।' फिल्मका क्यामेरा म्यान पुरू मात्र हैन कलाकार देखि अन्य प्राबिधिक पनि यो फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित छन् । जेष्ठ १६ गते सुटिङ शुरू हुने बताईएको सो फिल्म सर्दा सर्दा यो मितीमा आईपुगेको हो ।
Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...

0 comments:

Post a Comment