Sporty Magazine official website | Members area : Register | Sign in

जण्डिसले थलाएपछि कमलकृष्णको रूप

Tuesday, August 28, 2012

Share this history on :


कलाकार हुँदै निर्देशकको समेत ट्याग भिरेका कमलकृष्ण पौडेल हिजोको दिनमा जस्तो देखिन्थे आजका दिनमा उनी त्यस्ता देखिन्नन् । उनको रुपमा पूरै परिवर्तन आएको छ । 'शत्रुलाई पनि नहोस् यस्तो', आफूद्धारा निर्देशित दोस्रो फिल्म फुलस्टपको प्रेसमिटमा उनले फिल्मीखबरसंग आफ्नो पिडा सुनाए ।

कमलकृष्ण विगत चार महिना देखि जन्डिसले थलिएका थिए जसकारण उनको भिलेन लुकममा कुरुपता आउँदा उनी निकै चिन्तित भएका हुन् । 'बल्ल दुई हप्ता भयो निको हुन लागेको तर चाडै नै म आफूलाई पुरानै अवस्थामा ल्याउने छु किनकी गरिखाने भाँडो भनेकै यहि अनुहार हो',  उनले आत्मविश्वास देखाए । झण्डै ९० केजीको तन्दुरुष्त अवस्थामा रहेका उनको तौल अहिले ६० केजीको हाराहारीमा छ ।


'झण्डै मरियो जिन्दगीमा यस्तो विरामी भएको थिईन', उनले भने । विशेषत फुलस्टपको सुटिङ समयमा गोरखा लोकेशन हुँदा त्यहाँको पानीले जन्डिस लागेको उनी बताउँछन् । एक दशक अघि हिरो भन्ने उद्देश्य बोकेर कलिउड प्रवेश गरेका उनले खरको छानो भन्ने फिल्ममा दीपाश्री निरौलाको अपोजिट लिड रोल खेलेका थिए तर त्यस पश्चात उनी हिरोमा विक्न नसकेपनि भिलेनको रुपमा प्रस्तुत भए जुन प्रस्तुतीलाई  समग्र फिल्ममेकरले रुचाए पनि । सोही सिलसिलामा उनले गत बर्ष नेपालको सवैभन्दा सफल ब्यानर रेखा फिल्मस मार्फत रावण भन्ने फिल्म निर्देशन गर्दे निर्देशकको ट्याग भिरेका हुन् र दोस्रो फिल्मको रुपमा फुलस्टप ।

आउदो शुक्रबार देखि रिलिज हुने फुलस्टपबाट आफू अझै निखारि नसकेको उनले बताए पनि फिल्म हेर्दा कुनै बोर फिल नहुने दावी गरेका छन् । केही बर्ष अघि भारतबाट प्रसारण हुने चर्चित धाराबाहिक श्रृखङखला चन्द्रकान्तामा असिस्टेन्ट डाईरेक्सनको जिम्मेबारी समेत हेरेका उनले फुलस्टप रिलिज पश्चात आफ्नै लगानीमा फिल्म बनाउने पनि रहस्य खोलेका छन् । तर त्यसका लागि पहिले तन्दुरूस्तीको आवश्यकता रहको भन्दै उनले पुरानै लुकमा आउन मिहिनेत गर्ने बताए ।
Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...

0 comments:

Post a Comment