Sporty Magazine official website | Members area : Register | Sign in

विकास बोर्डले `9 O`clock` को सुटिङ रोक्यो

Thursday, June 14, 2012

Share this history on :


दर्ता बिना सुटिङ गरिएको भन्दै चलचित्र विकास बोर्डले फिल्म '9 O'clock' को सुटिङ रोकिदिएको छ । आज गोदावरीमा सुटिङ भईरहेका बेला बोर्ड सदस्यले दिउँसो एक बजे तिर सुटिङ रोक्न आग्रह गरेकाले आफूहरूले सुटिङ ब्रेक गरेको निर्देशक बाबुराम ढकालले फिल्मीखबरलाई जानकारी दिए ।निर्देशक ढकालले सुटिङ रोक्ने आदेश आउँदा आफू तीन छक परेको बताए । उनले भने, 'अध्यक्ष गणेश भण्डारी ज्यूले सुटिङ गर्दै गर्नु भनेर मौखिक आदेश दिनुभएकाले हामीले सुटिङ थालेका थियौं तर आज आएक एक्कासी रोक्ने आदेश आउँदा हामीलाई दु:ख लागेको छ ।' यता अध्यक्ष भण्डारीले फिल्मको स्क्रिप्ट सच्चाएर नाम दर्ता गरेर मात्र सुटिङ गर्न आग्रह गरेको बताए । जेष्ठ २४ गतेबाट सुटिङ शुरू भएको सो फिल्मको ४० % काम सकिएको बताईएको छ ।यता सुटिङ रोकिएकाले भोली बोर्डसँग छलफल गरि सुटिङ प्रक्रिया अगाडी बढाउने निर्देशक ढकालले बताए । तर भर्खरै मात्र गठन भएको स्क्रिप्ट छनोट समितीले यस फिल्मको स्क्रिप्टलाई नसच्याए सम्म कुनैपनि हालतमा पास नगर्ने बुझ्नमा आएको छ । फिल्मको स्क्रिप्ट अश्लिल भएको र निर्देशकले दिएको 'लजिक' चित्त बुझ्दो नभएकाले स्क्रिप्टलाई पास नगर्ने तयारी सो समितीले गर्दैछ ।


शुरूमा फिल्मको नाम 'A 69' राखिएको थियो तर बोर्डले सो नाम अश्लिल भएको भन्दै परिवर्तन गर्न सल्लाह दिएपछि युनिटले '9 O'clock' राखेको हो । नाम परिवर्तन गरे पनि युनिटले स्क्रिप्ट पनि परिवर्तन गर्नुपर्ने देखिएको छ अन्यथा सो फिल्म युनिटलाई ठूलै झट्का लाग्नेछ । विकास बोर्डले केहि दिन अगाडी मात्र एक प्रेस विज्ञप्ती जारी गरि दर्ता बिना सुटिङ नगर्न आग्रह गरेको थियो । बोर्डको सो कुरालाई बेवास्ता गर्दै अझै पनि केहि फिल्म युनिटले नाम दर्ता नगरी सुटिङ गरिरहेको पाईएको छ ।
यो दर्ता प्रक्रियामा बोर्ड लचिलो बन्छ या कडाईका साथ नियमलाई लागू गर्छ हेर्न बाँकी छ ।
Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...

0 comments:

Post a Comment