गत मे २० तारिखका दिन कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा प्रदर्शन गरिएको सो फिल्ममा निशा अधिकारी र दिया मास्के समलिंगीको भुमिकामा छन् । फेस्टिभलबाट राम्रो प्रतिक्रिया पाएका निर्देशक थापाले नेपालबाट पनि राम्रो सफलता पाउने बिश्वास लिएका छन् । फ्रान्सको पेरिसमा नै पोस्टप्रोडक्सन गरिएको सो फिल्ममा सौगात मल्ल पनि मुख्य भुमिकामा छन् ।
अलिक फरक कथाबस्तुमा फिल्म बनाउन रूचाउने सुवर्णको यस फिल्मले नेपाली दर्शकलाई नयाँ स्वाद दिनेछ भन्ने बिश्वास निर्माण युनिटको छ । काठमाण्डौमा सुटिङ गरिएको फिल्मलाई फ्रान्सेली छायाँकार सारा कोर्नुले खिचेकी हुन् । स्नो फ्लावर्सबाट सुनगाभा बनाईएको सो फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् भने निर्माताको रूपमा निर्देशक थापाको साथमा रप्सोडी प्रोडक्सन रहेको छ ।
0 comments:
Post a Comment