उनको सिनेमा ‘साथी म तिम्रो’ लाई जुन २३ र २५ तारिखमा सिड्नीमा प्रर्दशन गरिने छ । त्यसैगरी एक हप्तापछि मेलवर्न शहरमा पनि सो सिनेमाको प्रर्दशन गरिने भएको छ । सो कुराको जानकारी नायक भुवन के.सीले मेरो सिनेमालाई फोनमा बताएका हुन् । सिनेमा प्रर्दशनका लागि के. सी करिब बीस दिन जति अस्ट्रेलियामा रहनेछन् ।
नेपालमा औसत ब्यापार गरेको उनको सिनेमालाई अष्ट्रेलियाका दर्शकहरुले कस्तो रुपमा लिने हुन त्यो भने हेर्न बाँकी नै छ । शिब रेग्मी निर्देशित यस सिनेमामा नायक भुवन के.सीका अलावा रेखा थापा बाल कलाकार शीर्षक सापकोटाले मुख्य भुमिका निभाएका छन् । उनका छोरा अनमोल के.सीले पनि यस सिनेमामा विशेष भुमिकामा देखिएकाका छन् ।
0 comments:
Post a Comment