Sporty Magazine official website | Members area : Register | Sign in

छवि क्याम्पमा फेरि रेखा

Thursday, June 14, 2012

Share this history on :
hamesha_newsphoto2_400तपाईहरु नझुक्किनुस् यहाँ हामी नायिका रेखा थापाको हैन संगीतकार रेखा पौडेलको बारेमा कुरा गर्दैछु । मेरो सिनेमा गत मंगलबार काठमाडौंको पानीपोखरी स्थित म्युजिसियन स्टुडियो पुग्दा संगीतकार रेखा पौडेल गायिका अन्जु पन्तलाई गीत गाउन निर्देशन दिइरहेकी थिइन । अन्जु पनि रेखाले सिकाए अनुसार गाइरहेकी थिइन । अर्को कोठामा (स्टुडियो भित्र) गीत गाइरहेकी अन्जुको वल्लो कोठामा आवाज मात्र सुन्न सकिन्थ्यो । गीत गाउँदा गाउँदै बिच बिचमा हुने सानो ब्रेकमा ख्याल ठट्टा गरेर अन्जुले वातावरणलाई रमाइलो पनि बनाइ रहेकी थिइन ।


प्रस्तुत दृश्य छविराज प्रोडक्सनको ब्यानरमा बन्न लागेको पहिलो सिनेमा ‘हमेशा’ को गीत रेकर्डीङको क्रममा देखिइको दृश्य हो । अन्जुलाई गीतमा निर्देश दिइरहँदा रेखा स्यवम् चाँही यस सिनेमाका निर्देशक सबिर श्रेष्ठलाई ‘भयो त डाइरेक्टर साब’ भन्दै बेला बेलामा सोधिरहन्थिन । जवाफमा सबीर पनि भए नभएको प्रतिक्रिया दिइरहेका थिए ।
‘वसन्ती रंग सारा सोरेर दिन्छु आजै’
तिमीलाई तिमीसँग चोरेर लिन्छु आजै’
निर्देशक सबीरका अनुसार सिनेमामा यो गीत कथाका पात्रहरु (पति–पत्नी) घुम्न गएको बेलामा एकले अर्कोलाई असीम माया दर्शाउने क्रममा राखिने गीत हो । यस रोमान्टिक गीतमा अन्जुलाई पुरुष स्वरमा गायक दिपक लिम्बुले साथ दिनेछन् । यो गीतलाई वरिष्ठ गीतकार किरण खरेलले लिपिबद्ध गरेका हुन् । कुल चार गीत रहेको यस सिनेमाका अन्य तीन गीत पनि स्वयंम खरेलले नै श्रृजना गरेका हुन् । यसअघि थुप्रै एल्बमहरुमा संगीत भरिसकेकी रेखाको ‘हमेशा’ दोश्रो सिनेमा हो । यस सिनेमाका गीतहरुमा अन्जु र दिपक लिम्बुका अलावा गायक प्रमोद खरेलले पनि स्वर दिएका छन् । मेरो सिनेमासँग कुरा गर्दै संगीतकार पौडेलले आफ्नो यो गीत हिट हुनेमा पूर्ण विश्वस्त रहेको बताइन ।
Thank you for visited me, Have a question ? Contact on : youremail@gmail.com.
Please leave your comment below. Thank you and hope you enjoyed...

0 comments:

Post a Comment