फ्राइडे रिलिज अन्र्तगत यो शुक्रबार तीन नेपाली एक हिन्दी र एक अंग्रेजी गरी पाँच सिनेमाहरु रिलिज हुँदैछन । सुवास कोइराला निर्देशित ‘अपवाद’ र शोभित बस्नेत निर्देशित ‘प्लान’ नेपाल भर एक साथ लाग्ने छन भने कृष्ण चापागाइँद्धारा निर्देशित सिनेमा ‘महान’ उपत्यकामा मात्र लाग्ने छ । यस्तै बलिउड रिलिज अन्तरगत ‘फरारी कि सवारी’ रिलिज हुदैंछ भने हलिउडबाट ‘प्रोमेथियस’ रिलिज हुँदै छ ।
अपवाद
मध्यमवर्गीय युवाको मनोभावलाई समेटेर बनाइएको सिनेमा ‘अपवाद’ काठमाडौंका सिभिल मल ,विग सिनेमा लगायत देशभरका ३० वटा सिनेमा घरहरुमा एकसाथ प्रदर्शन हुदैं छ । नव निर्देशक सुवास कोइरालाको निर्देशन तथा सुसन प्रजापतिको निर्माण रहेको सिनेमामा राजवल्लव कोइराला र निशा अधिकारीको प्रमुख भुमिका रहेको छ । उनीहरुका अलवा सिनेमामा रवि गिरी र विजया गिरी पनि देखा पर्दैछन । उज्वल मेगी गुरुङले संगीत दिएको ‘अपवाद’ मा निर्माता ‘सुसन’ स्वयम्ले क्यामेरा चलाएका छन । डेनमार्क, अमेरिका र अष्टे«लियामा प्रर्दशन भइसकेको सिनेमा ‘अपवाद’ बेलायतमा प्रर्दशन हुँदैछ । ओभरसिजका दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘अपवाद’ लाई नेपाली दर्शकले पनि मन पराउने आशा राखिएको छ ।
प्लान
शोभित बस्नेत निर्देशित यो सिनेमा एक सांगीतिक व्यान्डको कथामा आधारित सिनेमा हो । कविता श्रेष्ठको निर्माण रहेको ‘प्लान’मा मुकेश ढकाल ,धिरेन शाक्य , रागिनी खड्की, राजेन्द्र खड्की आदिको मूख्य भूमिका रहेको छ । यस सिनेमामा स्वयम् निर्देशक बस्नेत पनि एक डिजेका रुपमा प्रस्तुत हुदैं छन । दिनेश न्यौैपानेको कथा रहेको ‘प्लान’ मा राम श्रेष्ठको संगीत रहेको छ । त्यस्तै कृष्ण श्रेष्ठको छायाँकनमा राजेन्द्र खड्कीले द्धन्द्ध निर्देशन गरेका छन् ।
महान
‘आफ्नो लागि सबै बाँच्छन तर अरुको लागि बाँच्ने मान्छे महान हुन्छ’ भन्ने मूल विषयलाई उठाएको यो सिनेमा काठमाडौंका लगभग १४ वटा सिनेमा घरहरुमा प्रदर्शन हुँदैछ । एक्सन तथा पारिवारिक धारको भनिएको यो सिनेमा साढे २ वर्ष अगाडी मोफसलमा प्रदर्शन भइसकेको छ । अहिले क्यू सिस्टम अन्तरगत यो सिनेमा उपत्यकामा प्रर्दशन हुन लागेको हो । दिनेश शर्माले निर्माण गरेको सिनेमा ‘महान’ लाई कृष्ण चापागाइँले निर्देशन गरेका हुन । यसका द्घन्द्घ निर्देशक एन बि महर्जन हुन ।

फरारी कि सवारी
यी तीन नेपाली सिनेमा सँगै रिलीज हुने बलीउड सिनेमा हो फरारी की सवारी । राजेश मपुस्कर निर्देशित ‘फरारी कि सवारी’ एक पारिवारिक कथावस्तुमा आधारित सिनेमा हो । यस सिनेमामा सरमन जोशीे मुख्य भूमिकामा देखिदैं छन । विधु विनोद चोपडाको कथा तथा निर्माण रहेको सिनेमामा सरमनका अलवा बोमन इरानी ,रित्भिक सावरे र परेश रावलको पनि अभिनय देख्न सकिन्छ । संगीतकार प्रीतमले संगीत दिएको ‘फरारी कि सवारी’ मा सुधिर पल्सानेको सिनेम्याटोग्राफी रहेको छ ।

प्रोमिथियस
हलीउड सिनेमा प्रोमिथियसले पनि नेपालमा ओपनीङ गर्दैछ । प्रोमीथियस विज्ञान कथामा आधारित रिडले स्कटद्घारा निर्देशित सिनेमा हो । यसलाई जोन स्पेट्स र डेमन लेंन्डेलोफले लेखेका हुन् । यसमा नाओमी र¥यापेस, माइकल फासबेन्डर, इदरिस एल्बा तथा चार्लिज थेरोन आदीको मूख्य भूमिका रहेको छ ।